मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

काठमाडाैं | साउन १२, २०८२

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।


विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिनुभयो ।


रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । 


उहाँले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिनुभएको थियो । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।


विभागको तथ्याङ्कअनुसार रेविज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । 


बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । 


यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।


मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण जनाएको छ ।

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ ।  भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

थप पढ्नुहोस्